ड्रोनबाट यस्तो देखियो कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने सत्तीघाट पुल (तस्बिरसहित)

ड्रोनबाट यस्तो देखियो कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने सत्तीघाट पुल (तस्बिरसहित)
+
-

कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्छ। हुलाकी राजमार्गमा पर्ने यो पुल ५३१ मिटर लामो छ र यसमा १४ वटा पिलर रहेका छन्।

झण्डै एक दशकअघि ४६ करोड रुपियाँ लागतमा बनेको यस पुलले कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमन सहज बनाएको छ। तर पछिल्ला केही वर्षयता नदीले पूर्वी क्षेत्रमा तीव्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ। कटान रोक्न ठूला ढुंगाबाट तटबन्ध निर्माण गरिएको भए पनि जोखिम पूर्ण रूपमा हट्न सकेको छैन।

स्थानीयका अनुसार पुल बनेको एक वर्षमै तारजाली भासिन सुरु भएको थियो। पुल निर्माणका क्रममा बनाइएको डाइभर्सनकै कारण नदीले धार परिवर्तन गर्न थालेको जानकारहरू बताउँछन्।

स्थानीयले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु हटाउनुपर्ने माग गर्दै आएका छन्। “नदीमा पानीको बहाव बढ्नासाथ पुल बगाउने हो कि भन्ने डर लाग्छ,” राजापुरका व्यापारी कमल पाण्डे भन्छन्।

तस्बिरहरू:

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?