नेपाल  द्वारा वेस्टइन्डिजलाई १ सय ४९ रनको लक्ष्य

नेपाल  द्वारा वेस्टइन्डिजलाई १ सय ४९ रनको लक्ष्य
+
-

वेस्टइन्डिज विरुद्धको बहुप्रतिक्षित टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाउँदा कुशल मल्लले ३० तथा गुल्सन झाले २२ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले १७ रनको इनिङ खेले। वेस्टइन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिंदा नभिन बिडाइसेले ३ विकेट लिए। त्यस्तै अकिल होसेनले १ विकेट लिए।

कुनैपनि टेस्ट टोली विरुद्ध पहिलो पटक तीन खेलको टी-२० सिरिज खेल्न लागेको नेपाल एतिहासिक प्रदर्शन गर्दै सिरिजको पहिलो खेलमा जित निकाल्ने प्रयासमा रहेको छ। युएईको शारजाहमा केही समय पछि सुरु हुने खेलमा सयौं नेपाली समर्थक मैदान पुगेका छन्।

युनिटी कप अन्तरराष्ट्रिय टी-२० नाम दिएको सिरिजमा नेपालले दुईपटकको विश्वविजेता टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। तीन खेलको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल १३ असोजमा खेल्दा १४ असोजमा खेल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?