प्लेयर अफ द म्याच बनेका रोहितको अवार्ड जेनजी आन्दोलनका सहिदलाई समर्पित

प्लेयर अफ द म्याच बनेका रोहितको अवार्ड जेनजी आन्दोलनका सहिदलाई समर्पित
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्धको जितपछि प्लेयर अफ द म्याचको अवार्ड जेनजी आन्दोलनका सहिदलाई समर्पित गरे।
  • रोहितले ३५ बलमा ३८ रन बनाउँदै कुशल मल्लसँग ५८ रनको साझेदारी गरेर टिमलाई प्रतिस्पर्धी स्कोरमा पुर्‍याए।
  • नेपालले शारजाहमा पश्चिम इन्डिजलाई १९ रनले हराउँदै तीन खेलको सिरिजमा १–० को अग्रता लियो।

वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्दै प्लेयर अफ द म्याच बन्न सफल भएका नेपाली कप्तान रोहित पौडेलले आफ्नो अवार्ड जेनजी आन्दोलनमा सहिद भएका युवाहरूप्रति समर्पित गरेका छन्।

शारजाह क्रिकेट मैदानमा आयोजित युनिटी टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।

यस खेलमा कप्तान रोहितले ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन जोडेका थिए। १२ रनमै दुई विकेट गुमाएको अवस्थामा उनले कुशल मल्लसँग मिलेर ५८ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई प्रतिस्पर्धी स्कोरमा पुर्‍याएका थिए।

प्लेयर अफ द म्याच घोषित भएपछि रोहितले आफ्नो अवार्ड जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदलाई अर्पण गर्ने घोषणा गरेका थिए। उनले पछिल्लो समय नेपालले कठिन परिस्थिति व्यहोरेको उल्लेख गर्दै, “देशलाई थोरै भए पनि खुसी दिन सकेकोमा गर्व लागेको छ,” भनेका थिए।

त्यसैगरी, उनले शारजाह स्टेडियममा उपस्थित नेपाली दर्शकलाई धन्यवाद दिँदै आजको जितलाई ‘सुरुआत’को संज्ञा दिए। उनले निरन्तर दर्शकको साथ रहने अपेक्षा पनि व्यक्त गरे।

यस जितसँगै तीन खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?