
काठमाडौँ- नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाई गाडी खरिद गर्दा विशेष छुट पाउने भएका छन्।
यस सम्बन्धी सम्झौता नेपाल बैंक र नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच भएको हो।
सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, हुन्डाईका देशभरका शाखाबाट गाडी खरिद गर्दा नेपाल बैंकका कर्मचारी तथा ग्राहकले विशेष छुट प्राप्त गर्नेछन्। साथै, लक्ष्मी इन्टरकन्टिनेन्टलले उपलब्ध गराउने छुटबाहेक अतिरिक्त रु ५० हजारदेखि ८१ हजारसम्मको थप छुटसमेत पाउने व्यवस्था गरिएको छ।