माओवादीसँग पार्टी एकताका लागि कार्यदल बनेपछि समाजवादीमा हलचल

माओवादीसँग पार्टी एकताका लागि कार्यदल बनेपछि समाजवादीमा हलचल
+
-
देशसञ्चार AI सारांश
  • माओवादीसँग पार्टी एकताको प्रयासलाई टुंग्याउन उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा कार्यदल गठन भएपछि पार्टीमा हलचल भएको छ।
  • अध्यक्ष माधव नेपालले वार्ता समिति बनाएपछि झलनाथ खनाल र घनश्याम भुसाल पक्षले आपत्ति जनाएका छन्।
  • असन्तुष्ट पक्षले पत्रकार सम्मेलन आयोजना गर्दै माओवादीसँगको हतारो एकता फाइदाजनक नहुने तर्क गरेका छन्।

काठमाडौँ – माओवादीसँग हुँदै आएको पार्टी एकताको प्रयासलाई निष्कर्षमा पुर्याउन उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्जमा कार्यदल बनेपछि एकीकृत समाजवादीमा हलचल पैदा भएको छ।

अध्यक्ष माधव नेपालले अपानी जारी गर्दै भुसालको संयोजकत्वमा प्रमेश हमाल र प्रकाश ज्वाला सदस्य रहेको पार्टी एकता वार्ता समिति गरेपछि विवाद भएको हो।

पार्टी एकताका लागि अध्यक्ष नेपालले ११ बुँदे सैद्धान्तिक आधार समेत सार्वजनिक गरेका छन्। नेपालले जारी गरेको अपानीमा भनिएको छ, ‘वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता डा। बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ। वार्ता टोलीले ११ बुँदे सैद्धान्तिक आधारमा छलफल गर्नेछ ।’

एकताको प्रक्रिया अघि बढाउन अपानीमार्फत अध्यक्ष नेपालले वार्ता कमिटि बनाएपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले आपत्ति जनाएको छ। उनीहरुले माओवादीसँग पार्टी एकताका लागि हतार गर्न नहुने र माओवादीसँग मात्रै गरिने एकताले फाइदा नपुग्ने तर्क गरेका छन्।

अध्यक्ष नेपालले गठन गरेको कमिटिप्रति काउण्टर गर्न असन्तुष्ट पक्षले सोमबार पत्रकार सम्मेलन नै आयोजना गरेर असहमति राख्ने भएको हो। ललितपुरको एक पार्टी प्यालेसमा महासचिव घनश्याम भुसालले प्रेसमिट आयोजना गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?