वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दै नेपाल, सिरिज जित्ने मौका

वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दै नेपाल, सिरिज जित्ने मौका
+
-
देशसञ्चार AI सारांश
  • दोस्रो खेलमा नेपाली टोली शारजाहमा टेस्ट राष्ट्रविरुद्ध सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
  • पहिलो खेलमा १९ रनले हारेको वेस्ट इन्डिजले गल्ती नगर्ने प्रयास गर्दै सिरिज कायम राख्न खेल्नेछ।
  • नेपाली कप्तान रोहितकुमार पौडेलले टिमलाई पुनः प्रमाणित गर्दै जित्ने लक्ष्य राखेको बताए।

युएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी–२० सिरिजको दोस्रो खेल आज खेलिने छ।

पहिलो खेल जितेको नेपालले अन्तिम खेलअघि नै सिरिज कब्जा गर्ने लक्ष्य राखेको छ भने दुइ पटकको विश्वच्याम्पियन वेस्ट इन्डिज सिरिजमा कायम रहन मैदानमा उत्रनेछ।

सोमबार शारजाहमा साँझ ८:१५ बजे सुरु हुने खेलमा नेपाल आफ्नो पहिलो टेस्ट राष्ट्रविरुद्धको सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। पहिलो खेलमा १९ रनको अप्रत्याशित हार भोगेको वेस्ट इन्डिज गल्ती नगर्नेतर्फ केन्द्रित छ।

पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएपछि नेपाली टोली विश्वभर प्रशंसित भएको थियो। यसले नेपाललाई आफूलाई उत्कृष्ट प्रमाणित गर्ने अवसर पनि प्रदान गरेको थियो। पहिलो खेलमा नेपालको सामूहिक प्रदर्शन निर्णायक रह्यो।

नेपाली कप्तान रोहितकुमार पौडेलले दोस्रो खेलमा पनि टिमले आफूलाई पुनः प्रमाणित गर्दै जित्ने लक्ष्य राखेको बताए। उनले भने, “यो सिरिज खेल्न आउँदा नै हामी जित्ने मानसिक्ताका साथ आएका थियौं। पहिलो खेलमा खेलेको प्रदर्शनले हामीलाई सिरिज जित्ने ठूलो सम्भावना दिएको छ। तर हामी संयमित छौं।”

वेस्ट इन्डिजका कप्तान अकिल हुसैन पनि पहिलो खेलको निराशाजनक नतिजापछि टिमलाई सुधार गर्दै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन्। ३२ वर्षीय अलराउन्डरले आफ्नो कप्तानीमा टिम खराब इतिहासको साक्षी नहोस् भन्नेमा सचेत रहेका छन्।

अर्को तर्फ नेपाली कप्तान गौरवमय इतिहास लेख्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?