
काठमाडौँ– मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला नजिकै पहिरो जाँदा यात्रु पाँच घण्टा बढीदेखि बाटोमै रोकिएका छन्।
दिउँसो १२ बजेतिर पहिरो गएको थियो। त्यसलगत्तै पहिरो हटाउने प्रयास भएको भए पनि निरन्तर पहिरो खस्दा हटाउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।
अहिले यात्रुहरू सडकमै रोकिएका छन्। पहिरो पन्छ्याउनका लागि सडक चारवटा मेशिनको प्रयोग गरिएको छ।
अघिल्लो साता पनि सोही स्थानमा पहिरो खस्दा ४५ घण्टापछि मात्र सडक सञ्चालनमा आएको थियो। अहिले पहिले जस्तो ठूलो पहिरो नआएकाले छिट्टै हटाउन सकिने भए पनि निरन्तर पहिरो खस्दा समस्या देखिएको छ।
तस्बिरहरू