
हुम्ला – सिमकोट गाउँपालिकाको उपाध्यक्ष कप फुटबल प्रतियोगिता असोज १८ गतेबाट सदरमुकाम सिमकोटमा हुने भएको छ। रानी वन युवा क्लवले बडादसैँको अवसरमा सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
उपाध्यक्ष कप फुटबल प्रतियोगिता नाइन ए साइटको हुनेछ। सो प्रतियोगिता असोज १८ गतेबाट सिमकोट गाउँपालिका– ५ को रानीवन युवा क्यवको आयोजनामा हुनेछ।
लिक चरणमा हुने सो प्रतियोगिता एक हप्ताभन्दा बढी समयसम्म सञ्चालन हुनेछ। जिल्लास्तरीय प्रतियोगिता भएको कारण जिल्लभरका टिमले सहभागिता जनाउन पाउने र त्यसको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रतियोगितामा विजेता टिमले एक लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछ।
प्रतियोगितामा टिम दर्ता शुल्क चौध हजार रुपैयाँ तोकिएको छ।