
युएइमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी–२० सिरिजको दोस्रो खेलमा नेपालले वेस्टइन्डिजलाइ १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनको स्कोर तयार गर्याे।
नेपालले उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय इनिङ खेले सेखले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाउँदा सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६३ रन बनाए।
त्यस्तै मोहम्मद आलमले ११ रन बनाएका थिए। वेस्टइन्डिजका लागि अकिल होसेन र क्याली मेयर्सले २–२ विकेट लिंदा जेडिसा ब्लाडेसले १ विकेट लिए। केही समय पछि जवाफि इनिङका लागि वेस्ट इन्डिज मैदानमा उत्रिने छ।