तिब्बती च्याङ्ग्रा नआएपछि स्थानीय खसीले पायो बजार

तिब्बती च्याङ्ग्रा नआएपछि स्थानीय खसीले पायो बजार
+
-
देशसञ्चार AI सारांश
  • चिनियाँ च्याङ्ग्रा नआउँदा स्थानीय खसीको मूल्य २० हजारदेखि ४० हजार सम्म पुगेको व्यापारीले बताएका छन्।
  • स्थानीय खसीको मागसँगै मूल्य बढ्दा किसानहरु यस पेशाप्रति आकर्षित देखिएका छन्।
  • कोरोना महामारीपछि चिनियाँ च्याङ्ग्रा बन्द हुँदा स्थानीयले खसीबोका खरिद गरेर चाडपर्व मनाउँदै आएका छन्।

हुम्ला –हिल्सा सीमा नाका भएर चिनियाँ च्याङ्ग्रा भित्रिन छोडेपछि जिल्लामा स्थानीय खसीले बजार पाएको छ। स्थानीय खसी बोकाले बजार पाए पनि हुम्लामा पछिल्ला वर्षझैँ दसैँ भने महङ्गो हुँदै गएको हो।

स्थानीय खसी खरिद गर्दा २० हजारदेखि ४० हजार रुपियाँसम्म पर्ने खसी व्यापारी राजेन्द्र बोहराले बताए। स्थानीय खसी मङ्गो पर्ने भए पनि यो वर्ष अन्य विकल्प नहुँदा मागसँगै मूल्य पनि बढेको होे। व्यापारीले चिनियाँ च्याङ्ग्रा नल्यााउँदा दसैँका लागि भनेर बझाङ, बाजुराबाट खसी ल्याएर बिक्री गर्न सुरु गरिएको छ।

यता, जिल्लाकै तल्लो क्षेत्रका गाउँपालिकाबाट पनि खसी खरिद गरेर ल्याउने संख्या बढेको छ। ब्यावसायिक रुपमा खसी पालनको सुरुवात भएको छ भने खसीका लागि जिल्लासमेत आत्मनिर्भर हुनेछ।

मूल्य बढी परे पनि स्थानीय उत्पादनले बजार पाउँदा किसान यो पेशाप्रति आकर्षित देखिएका छन्। चीनको तिब्बतबाट च्याङ्ग्रा नआउने भएपछि स्थानीय खसीको ब्यवस्था गर्न लागेका खसी ब्यापारी कालीबहादुर सुनारले बताए।

पाँच वटा ब्यापारीहरुको समुह बझाङले साईपाल पुगेर खसी खरिद गरेर ल्याएको उनको भनाई छ। कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्ला भरि चिनियाँ च्याङ्ग्रा आउन छोडेका छन्।

कुनै समय दसैैँ, तिहार लगायत चाडपर्व सुरु हुन लाग्दा सदरमुकाम सिमकोटसहित हुम्ला भरिका गाउँघरमा चिनियाँ च्याङ्ग्रा मात्रै हुने गर्थे।ं कोरोना कालयता चिनियाँ च्याङ्ग्रा भित्रिन नसक्दा सर्वसाधारणले स्थानीय खसीबोका खरिद गरेर विभिन्न पर्व मनाउँदै आएका छन्। सदरमुकाम सिमकोटमा खसीको मासु प्रतिकिलो एक हजारदेखि एक हजार २०० रुपियाँसम्म पर्ने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?