अन्तिम खेलमा वेस्टइन्डिज विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

अन्तिम खेलमा वेस्टइन्डिज विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
+
-

युएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ। दिपेन्द्र सिंह ऐरी आसिफ शेख  र ललित राजवंशीको स्थानमा आरिफ शेख, लोकेश बम र सहाब आलामले प्लेइङ ११ मा स्थान बनाएका छन्। अन्य खेलाडी भने यथावत छन्।

पहिलो र दोस्रो खेलमा जित निकाल्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको नेपाल आज अर्को कीर्तिमानका लागि मैदान उत्रिंदै छ। नेपाल कुनै पनि टेस्ट टोलीविरुद्ध क्लिन स्विपको कीर्तिमा रच्न मैदान उत्रिने लक्ष्यमा रहँदा वेस्टइन्डिज भने आफ्नो प्रतिष्ठा जोगाउन मैदान उत्रिदैछ।

पहिलो खेल १९ रन र दोस्रो खेलमा ९० रनको प्रभावसालि जीत निकालेको नेपाल दुई पटकको विश्वच्याम्पियन वेस्ट इन्डिजविरुद्ध एकपक्षीय रुपमा हाबी भयो।

वेस्टइन्डिज दोस्रो खेलमा कुनैपनि समय आफूलाई नियन्त्रणमा राख्न सकेन। नेपाली टोली भने दोस्रो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा अब्बल सावित भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?