
जनकपुरधाम- सर्लाहीमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर महोत्तरीका जना गम्भीर घाइते भएका छन् ।
बुधबार बिहान करिब साढे सावा ९ बजेको समयमा हरिपुर्वा नगरपालिका १ हर्दी नदी स्थितमा खुर्पाले माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा महोत्तरीकी एक वृद्धा र ३ बालिका गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका सहप्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार ढिस्कोमा पुरिएर महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन घाइते भएको हो ।
घाइतेहरुलाई ढिस्कोबाट निकाली प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको एवं यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।