एमाले निकट पत्रकार संगठनले माग्यो गौरीबहादुर कार्कीको राजीनामा

एमाले निकट पत्रकार संगठनले माग्यो गौरीबहादुर कार्कीको राजीनामा
+
-

काठमाडौँ– नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको घटनाका विषयमा छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको राजीनामा मागेको छ।

बुधबार चौतारीका अध्यक्ष गणेश पाण्डेले विज्ञप्तिमार्फत कार्कीको राजीनामा माग गरेका हुन्। चौतारीले कार्कीको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

अध्यक्ष बन्नुअघि जेन-जी आन्दोलनसँग सम्बन्धित फेसबुक स्टाटसलाई लिएर चौतारीले उनको निष्पक्षतामाथि प्रश्न उठाएको हो। फेसबुक स्टाटसबाटै उनको पक्षधरता देखिएको र आयोगकी निष्पक्षतामाथि प्रश्न उठेको अध्यक्ष पाण्डेले विज्ञप्तिमा जनाएका छन्।

‘जाँचबुझ आयोगमा निष्पक्ष र तटस्थ नेतृत्व गर्नुपर्दछ। तसर्थ अध्यक्ष कार्कीको भूमिका प्रथम दृष्टिमै शंकास्पद देखिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

साथै चौतारीले एमाले अध्यक्ष केपी  शर्मा ओलीको राहदानी रोक्कासँगै विभिन्न नेताहरूमाथि मिडिया ट्रायल भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?