जुम्लामा कोदोखेती गर्ने किसान घट्दै

जुम्लामा कोदोखेती गर्ने किसान घट्दै
+
-
देशसञ्चार AI सारांश
  • स्थानीय किसानको कोदोखेतीप्रति आकर्षण घट्दै गर्दा बजारमा कोदोको पिठोको माग भने उच्च रहेको छ।
  • कोदोखेतीलाई प्रवद्र्धन गर्न स्थानीय तह र सम्बन्धित निकायको ध्यान नजाँदा परम्परागत बाली हराउने अवस्थामा छ।
  • नयाँ पुस्ताले तरकारी र नगदेबालीमा ध्यान दिए पनि परम्परागत अन्नबालीप्रति चासो नदिँदा किसान चिन्तित छन्।

जुम्ला – पछिल्लो समय कोदोखेतीप्रति किसानको आकर्षण घटेको छ। बजारमा कोदोको पिठोको माग उच्च भए पनि खेती गर्नेको सङ्ख्या विस्तारै घट्ने क्रममा रहेको तिला गाउँपालिका–१ का स्थानीय पदम बुढाले जानकारी दिए।

कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन। लोपउन्मुख बनेको कोदोेखेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको बुढाको भनाइ छ। यहाँका गाउँघरमा कोदोखेतीतर्फ किसानको आकर्षण बढेको छैन। तरकारी र नगदेबालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन्।

कोदोखेतीमा किसान आकर्षित हुन सकेका छैनन्। विशेषगरी यहाँको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी गाउँपालिकाका किसानले कोदोखेती गर्न थालेका छन्। स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभइ राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित हुन नसक्नु यो राम्रो पक्ष होइन जुम्ला सदरमुकाम खलङ्गा बजार जैविक पसल सञ्चालनमा ल्याएका स्थानीय व्यापारी अर्जुन बुढाले बताए।

अहिले कोदोको पिठो प्रतिकिलो रु दुई २०० ले बिक्री हुने गरेको छ। कोदोको पिठो विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्न गएको छ। बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी बुढाको भनाइ छ। जिल्लामा उत्पादित रैथाने बाली पछिल्ला वर्षमा लोप हुँदै गएकाप्रति यहाँका किसानले चिन्ता गरेका छन्।

खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ। अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन। परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथाने बाली लगाउँदै आएका छन्। पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?