बाहिरिने समयमा मनसुन सक्रिय, बाढीपहिरोको जोखिममा छन् यी जिल्ला

बाहिरिने समयमा मनसुन सक्रिय, बाढीपहिरोको जोखिममा छन् यी जिल्ला
+
-
देशसञ्चार AI सारांश
  • आजदेखि नेपालमा मनसुन सक्रिय भए पनि भारी वर्षा नहुने, तर पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
  • भोलिदेखि आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि भारी र अति भारी वर्षाको सम्भावना रहेको छ।
  • नारायणी, बागमती, कमला, कोशी नदीहरुमा पानीको बहाव बढ्ने र खतरा तहमा पुग्न सक्ने पूर्वानुमान छ।

काठमाडौँ– मौसमी पात्रोलाई मान्ने हो भने ठ्याक्कै आजका दिन नेपालबाट मौसम बाहिरिनुपर्ने हो। सरदर नेपालमा अंग्रेजी पात्रोअनुसार जुन १३ मा मनसुन नेपाल भित्रन्छ र अक्टोबर २ तारिखका दिन बाहिरिन्छ।

तर आज अक्टोबर २ तारिखका दिन नेपालमा मनसुन थप सक्रिय भएको छ। आज बडादशैं पनि। आजदेखि सक्रिय भएको मनसुनले देशका धेरै ठाउँमा क्षति पुर्‍याउन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस वर्ष सरदर मितिभन्दा १५ दिन अगावै (मे २९ अर्थात जेठ १५ गते) नेपालमा मनसुन भित्रिएर पूर्वी नेपालमा सुरुमै क्षति पुर्‍याएको थियो। बाहिरिने समयमा पनि मनसुन थप सक्रिय भएर देशका विभिन्न ठाउँमा क्षति पुर्‍याउन सक्ने पूर्वानुमान गरिएको छ।

मनसुन कति दिनपछि बाहिरिने हो पूर्वानुमान भएको छैन।

भोलिदेखि भारी वर्षाको सम्भावना

आजदेखि मनसुन सक्रिय भएको भए पनि आज भारी वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै आज कोशी प्रदेशको तराई र पहाडी भू-भागका साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

भोलि (शुक्रबार)देखि आगामी तीनदिनसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र भारीका साथै अति भारी वर्षा हुने पूर्वानुमान रहेको छ।

भोलि शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार असोज १८ गते देखिभने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ।

असोज १९ गते पनि अतिभारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालिका कारण असोज १९ गते देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका भारीदेखि धेरै भारी वर्षा रहेको छ भने यी प्रदेशकै एकदुई स्थानमा अति भारी वर्षा रहेको महाशाखाले जनाएको छ।

यी जिल्ला छन् जोखिममा

जल तथा मौसम विज्ञान विभागकाअनुसार भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेका विभिन्न जिल्ला असोज १७ गतेदेखि २० गतेसम्म बाढी पहिरोको जोखिममा रहेका छन्।

हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी र यीनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने सम्भावना छ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।

विशेष गरेर यस वर्षाको समयमा बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन बाढीपहिरोको जोखिम छ।

यस्तै कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मधेश प्रदेशका वारा, पर्सा, सर्लाही, रौतहत, मोरङ जिल्ला आसपास भइ बग्ने नदीहरूमा आकस्मिक वहाब बढ्ने र त्यसले डुवान, कटानको जोखिम निमत्याउन सक्ने पूर्वानुमान रहेको छ।

त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाहरूमा चासो राख्न र आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?