नगद विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नराख्नू: अर्थ मन्त्रालय

नगद विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नराख्नू: अर्थ मन्त्रालय
+
-
देशसञ्चार AI सारांश
  • अर्थ मन्त्रालयले विदेशबाट फर्किएकोमा विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नगदमै नराख्न सल्लाह दिएको छ।
  • ५ हजार अमेरिकी डलरसम्मको भन्सार घोषणा नगर्ने, तर सोभन्दा बढी हुँदा अनिवार्य भन्सार घोषणा गर्नुपर्ने छ।
  • स्रोत नखुलेको रकममा सम्पत्ति शुद्धीकरण ऐन लाग्ने, तर अधिक रकमको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने स्पष्ट पारेको छ।

काठमाडौँ– अर्थ मन्त्रालयले नगदमा विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नराख्न भनेको छ।

बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर)मार्फत अर्थ मन्त्रालयले  विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलरभन्दा बढी नराख्न भनेको हो।

मन्त्रालयले नेपाल भित्रिदा ५ हजारसम्म अमेरिकी डलरको भन्सार घोषणा गर्नु नपर्ने तर ५ हजार बढी रकम ल्याउनेले भन्सार घोषणा गर्नुपर्ने पनि भनेको छ।‘नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको रकम भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाउने र सो भन्दा बढी रकमको हकमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने’, सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराइएको छ।

स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्‍न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ।

प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने पनि अर्थले जनाएको छ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न मन्त्रिपरिषदको असोज ५ को निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको पनि मन्त्रालयले जनाएको छ।

कानुन बमोजिम उपलब्ध गराइएकाबाहेक अन्य सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र असोज १० गते नै गृह र रक्षा मन्त्रालयसँग पत्राचार गरिएको एक्समार्फत जानकारी गराइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?