
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय ललितपुरले मनसुनको समयमा सतर्कता अपनाउन आग्रह गरेको छ।
एक सूचना सम्प्रेसन गर्दै कार्यालयले यही १७ गतेदेखि २० गतेसम्म भारीदेखि अतिभारी वर्षा हुने पूर्वानुमान भएको भन्दै जिल्लावासीलाई यस सयममा सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेष गरी कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मुख्य तथा सहायक सडकहरुमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह छ।
साथै अत्यावश्यक अवस्थामाबाहेक रात्रीकालीन समयमा सवारी साधन संचालन नगर्न वा आवतजावत नगर्न उपयुक्त हुने समेत सूचनामा भनिएको छ।
यदि कुनै आपदविपद् परेमा नजिकैको सुरक्षा निकाय वा नि:शुल्क फोन नं. १००, १११४ वा ९८५१२ ९४५५५, ९७६४ ५६८९७४ मा सम्पर्क गर्न सकिने पनि प्रशासनले जनाएको छ।