
काठमाडौँ– आज नेपालीहरूको महान चाड बडादशैं। घर-घरमा ठूलाबाट आशिर्वाद लिएर र सानालाई आशिर्वाद दिएर मनाइँदैछ।
दशैं मनाउनकै लागि घर छाडि परदेश गएकाहरूसमेत फर्किका हुन्छन्। दशैंलाई विशेषरुपले मनाउने प्रचलन रही आएको छ।
गाउँघरमा जमघट हुने, रमझम गरेर दशैंलाई अझ उत्सवमय बनाइने गरिन्छ।
देशको संघीय राजधानी काठमाडौँ त आजका दिन सुनसान छ। घटस्थापनादेखि सरकारी कार्यालय बन्दछन्। व्यापार व्यवसाय बन्दछन्। छिटफुटरुपमा सवारी सधान सडकमा देखिनेबाहेक काठमाडौँ शान्त छ।
तर यही काठमाडौँमै कहीँकतै भने दशैंको सुनसानको कुनै प्रवाह नगरी आफ्नो कर्ममा कतिपय लागिरहेका देखिन्छन्। ग्राहक नहुँदा पनि सडकमा व्यापार गर्न निस्किएको देखिएका छन्।
हेर्नुहोस् केही तस्बिर