
देशका विभिन्न भेगमा परेको अविरल वर्षाको प्रभाव राजमार्गहरूमा पर्न थालेको छ।
शुक्रबार रातिको अविरल वर्षाले काठमाडौँ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। धादिङको जवाङ खोलामा आएको पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो।
उता मुग्लिन – नारायणगढ सडक खण्डको तुइनखोलामा सामान्य ढुंगा खसिरहेकाले सावधानी अपनाएर यात्रा गर्न रोड डिभिजन भरतपुरले जानकारी दिएको छ।
उक्त सडक खण्डमा सवारी साधन चलिरहेे पनि अत्याधिक वर्षाका कारण जोखिमको अवस्था रहेको प्रहरीले जानकारी दिएको छ।