भारी बर्षाको जोखिमः झापा प्रशासनद्वारा विपद् सजगता अपनाउन अपिल

भारी बर्षाको जोखिमः झापा प्रशासनद्वारा विपद् सजगता अपनाउन अपिल
+
-
देशसञ्चार AI सारांश
  • जिल्ला प्रशासन कार्यालय झापाले असोज १८ देखि २० गतेसम्म भारी वर्षाका कारण उच्च सजगता अपनाउन आग्रह गरेको छ।
  • पहाडी क्षेत्रमा रातको समय यात्रामा बन्देज लगाइएको छ र गाडी चलाउन नजान सुझाव दिइएको छ।
  • बाढीको सम्भावना रहेको नदी किनारमा बस्ने परिवारलाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न भनिएको छ।

झापा- जिल्ला प्रशासन कार्यालय झापाले असोज १८ देखि २० गतेसम्म कोशी प्रदेश लगायत देशका विभिन्न भागमा ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै जिल्लावासीलाई मनसुनजन्य विपद् जोखिम बाट जोगिन उच्च सजगता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आज सूचना जारी गर्दै निम्न अनुसारका सावधानी अपनाउन अनुरोध गरेका छन्।

पालना गर्नुपर्ने मुख्य निर्देशनहरू:

१. अत्यावश्यक बाहेक यात्रा नगर्ने: असोज १८, १९ र २० गते अत्यावश्यक अवस्थामा बाहेक यात्रामा ननिस्कने। अत्यन्त जरुरी काम परेर निस्कनै पर्ने भएमा समेत मौसमको अवस्था बुझेर छोटो दूरीको यात्रामा मात्र सीमित रहने।

२. पहाडी सडकमा रात्रिकालीन यात्रा जोखिमपूर्ण: बीपी राजमार्ग, कान्ति लोकमार्ग, हेटौडा-कुलेखानी-दक्षिणकाली सडक, त्रिभुवन राजपथ तथा चितवन-मुग्लिन-नौबिसे-काठमाण्डौं सडक खण्ड लगायतका स्थानमा पहिरोको जोखिम उच्च रहेकाले रात्रिकालीन यातायात सञ्चालन अत्यन्त जोखिमपूर्ण छ।

स्थानीय प्रशासनले ती क्षेत्रमा रातीमा गाडी चलाउन बन्देजसमेत लगाएको हुँदा, रातिको यात्रा नगर्न नगराउन आग्रह गरेको छ।

३. नदी किनारका बासिन्दाले तयारी गर्ने: मेची, विरीङ, कनकाई लगायतका नदी/खोला किनारमा रहेका घरपरिवारले बाढी र डुबानको अवस्था आइपरेमा तुरुन्तै सुरक्षित स्थानमा सर्न तयारी गर्ने।

औषधी, लुगाकपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना तथा अन्य अत्यावश्यक र बहुमूल्य सामग्रीहरू तत्काल बोकेर हिँड्न मिल्ने गरी सुरक्षित पोको (झोला) बनाई राख्ने।

बाढी वा डुबानको अवस्था आएमा सो पोकोसहित सम्बन्धित वडा कार्यालयले तोकेको सुरक्षित स्थानमा समयमै सर्नु हुन।

४. स्थानीय तहको तयारी: स्थानीय तहहरूले बाढी/डुबानको जोखिममा रहेका मानिसहरूको उद्दारका लागि स्थानीय निकाय, संघसंस्था, स्वयंसेवक लगायतसँग समन्वय गरी तयारी अवस्थामा राख्न।

उद्दार पश्चात् मानिसहरूलाई राख्न पहिचान गरिएका स्थानहरू (विद्यालय, सामुदायिक भवन आदि) को सरसफाइ गराइराख्न तथा ती भवनहरूको तालाचाबी बोक्ने व्यक्तिलाई सम्पर्कमा राखी राख्न।

५. विपद्मा सहयोगका लागि समन्वय: उद्योगी, व्यापारी, व्यवसायी एवं विपद्मा सहयोग गर्न इच्छुक संघसंस्था र महानुभावहरूले मानव सेवाका लागि स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क र समन्वय गर्न।

६. गलत सूचना सम्प्रेषण नगर्ने: गलत सूचनाले आम मानिसमा अनावश्यक त्रास फैलाउने र क्षति धेरै हुने भएकाले, सामाजिक सञ्जालमा विपद्‌सम्बन्धी सामग्री सम्प्रेषण गर्नुहुनेले तथ्यमा आधारित र आधिकारिक सामग्री मात्र सम्प्रेषण गर्न।

यो विषम परिस्थितिमा सम्पूर्ण झापावासीले संयमता अपनाई, उच्च सतर्कताका साथ सहयोग गर्न जिल्ला प्रशासन कार्यालय, झापाले अपिल गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?