
काठमाडौँ– एकपछि अर्को कीर्तिमानी प्रदर्शन गर्दै आएकी एरिका गुरुङले करातेमा फेरि एकपटक कीर्तिमानी प्रदर्शन गरेकी छिन्। एरिकाले मलेसियामा जारी कराते वान सिरिजमा स्वर्ण चुम्दै एतिहासिक प्रदर्शन गरेकी हुन्।
एरिकाले ६८ केजी तौलमाथिको फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदक जितेकी हुन्। त्यसअघि सेमिफाइनलमा चेक रिपब्लिकका हकोभा अमाल्जीलाई ७-० ले हराएकी थिइन्।
त्यसअघि उनले प्रि क्वाटरफाइनलमा पोर्चुगलकी लोरेन्जो हेलनालाई ८-० र क्वाटरफाइनलमा जर्मनीकी जर्मनीकी रोहलमान चार्लोटलाई ४-० ले पराजित गरेकी थिइन्।
नेपालको सर्वाधिक सफल कराते खेलाडी एरिकाले यसअघि १९औँ एसियाली खेलकुद तथा २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी थिइन्।
विश्व चर्चित कराते-१ प्रिमियर लिगमा पनि कास्यको सफलता प्राप्त गरेकी थिइन्। उनले करियरमा अर्को सफलता प्राप्त गर्दै इतिहास रचेकी हुन्।
फाइल तस्बिर