
काठमाडौँ- देशैभरि भइरहेको भारी वर्षा र दशैं मनाउन गएका कर्मचारी तथा सरोकारवालाहरू घरमै रोकिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव आनन्द काफ्लेले दिएको जानकारी अनुसार सरकारले बिदा दिने निर्णय गरेको हो।
अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित भएको र यातायात तथा आवतजावतमा कठिनाइ भएकाले यस अवधिलाई व्यवस्थापन गर्नका लागि दुई दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ।