
झापा- पूर्व–पश्चिम निर्माणाधीन एशियन हाइवेमा सवारी आवागमन बन्द भएको छ। झापाको माइधार–दुधे सडक खण्डमा पर्ने भालुखोलाको डाइभर्सन गए रातिको वर्षाका कारण बगाएको छ।
डाइभर्सन बगाएपछि सवारी आवागमन वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।
पूर्वबाट पश्चिम जाने सवारी साधनहरू माइधारबाट दक्षिणतर्फ कनकाई नहर हुँदै संगमचोकतर्फ, र पश्चिमबाट पूर्व जाने सवारी साधनहरू संगमचोकबाट दक्षिणतर्फ कनकाई नहर हुँदै माइधारतर्फ डाइभर्ट गरिएको छ।
हाल क्षतिग्रस्त डाइभर्सन पुनः सञ्चालनमा ल्याउन बालुवा भरिने काम सुरु गरिएको जनाइएको छ।