‘अवरुद्ध बिजुली आजै सुचारु हुन्छ’

‘अवरुद्ध बिजुली आजै सुचारु हुन्छ’
+
-
देशसञ्चार AI सारांश
  • ऊर्जा मन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आजै सुचारु हुने बताएका छन्।
  • लोडसेडिङको आवश्यकता नभएको जनाउँदै सबै अवरुद्ध विद्युत लाइन आज बेलुकासम्म मर्मत गरिने जानकारी दिएका छन्।
  • काठमाडौंको ललितपुरतर्फका केही विकट स्थानमा पोल ढलेकोले कठिनाइ भए पनि मर्मत कार्य भइरहेको छ।

काठमाडौँ – ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आजैबाट सुचारु हुने बताएका छन्।

केही ठाउँमा विद्युत पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत आजै बेलुकासम्म सुचारु गराउने गरी काम भइरहेको उनले जानकारी दिए।

आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनैपनि अवस्था नरहेको पनि स्पष्ट पारे। घिसिङले पर्याप्त विद्युत जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको उल्लेख गरे।

‘विद्युतको केही ठाउँमा पोल बगाएको छ । केही ठाउँमा डुबानका कारण अवरुद्ध छन् । काठमाडौंकै ललितपुरको दक्षिणतिरका विकट ठाउँहरुमा जहाँ पोलहरु ढलेको छ । त्यो कारणले केही अवरुद्ध छन् । हामीले बिहानैदेखि सबैलाई मोविलाईज गरेका छौं । र केही टावरहरुमा पनि क्षति पुगेको छ । तर त्यो ढलेको होइन । त्यसलाई रिस्टोर गर्न केही समस्या छैनm मन्त्री घिसिङले अगाडि भने,

‘अहिले हामीले डिष्ट्रीबुशन लाईनका कारण केही ठाउँमा पोल ढलेको कारण केही समस्या छ । त्यसलाई आज दिनभरीमा सबै ठाउँमा रिस्टोर गर्ने भनेर मेन्टिनेन्स टिमहरु मोविलाईज भइसकेको छ । लोडसेडिङ हुनुपर्ने अवस्था पछि छैन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?