
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाका कारण भएको धनजनको क्षतिप्रत दुःख व्यक्त गरेका छन्।
शुक्रबारदेखि देशका विभिन्न भाग परेको वर्षाका कारण नेपालमा आइतबार दिउँसोसम्म ४३ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन्।
विपदीप्रति दुःख व्यक्त गर्दै मोदीले नेपाली जनता र सरकारको साथमा भारत रहेको जनाएका छन्। ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं, मोदीले भनेका छन्।
उनले नेपालका लागि आवश्यक पर्ने सबै सहयोग गर्न भारत सरकार तयार रहेको जनाएका छन्। मोदीले उल्लेख गरेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ।’