
काठमाडौँ– पूर्वी नेपालमा वर्षा अझै कम हुने देखिएको छैन। विगत ६ घण्टादेखि कोशी र मधेश प्रदेशका पूर्वी भू-भागमा मध्यम वर्षा भइरहेको छ।
उदयपुर जिल्लाका विभिन्न स्थानभा भारी वर्षासमेत भइरहेको छ। वर्षा मनाउने मनसुन अझै सक्रिय रहेकाले अहिले वर्षा भइरहेका स्थानमा थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।
४:२० बजे एक बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा हुने क्षेत्रका तल्ला तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
निरन्तरको वर्षापछि पूर्वी नेपालका विभिन्न जिल्ला बाढीपहिरो आउँदा ४३ जनाको मृत्यु भएको छ।