
सुनसरी- सप्तकोशी नदीमा पानीको बहाव खतरनाक स्तरमा पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार, आइतवार साँझ ४ बजेसम्म कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक मापन गरिएको छ।
खतराको तह नाघेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।
पानीको बहाव बढेसँगै ब्यारेज क्षेत्रमा यातायातमा पनि अत्यधिक जाम भएको छ।
प्रहरीले ठूला सवारीसाधनको आवतजावतमा रोक लगाएको छ।
अहिले साना सवारीसाधन, तीनपाङ्ग्रे, मोटरसाइकल र आपतकालीन सवारीसाधनलाई मात्र चल्न दिइएको छ।
तस्बिरहरूः