पहिराले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या

पहिराले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या
+
-
देशसञ्चार AI सारांश
  • अझै केही स्थानमा पहिरो हटाइरहेको भए पनि भोजपुरमा यातायात सेवा सञ्चालनको तयारी भइरहेको छ।
  • वर्षाको कारण धानबालीमा ठूलो क्षति हुँदा किसानहरू चिन्तित बनेका छन्।
  • वर्षाले भोजपुर क्षेत्रमा लामो दूरीका यात्रुहरू र आवश्यक सामान आपूर्तिमा समस्या उत्पन्न गरेको छ।

भोजपुर- जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए ।

भोजपुर –लेगुवा सडक र देउराली–चखेवा सडकका केही स्थानका पहिरो हटाउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासँगै पहिरो खस्ने, सडक भासिने र दुर्घटनाको जोखिम देखिएकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आत्यश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात अवरुद्ध हुँदा लामो दूरीमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्, भने आवश्यक सामान आपूर्ति र जनजीवनमासमेत असर परेको छ । विशेषगरी जिल्ला बाहिर जाने, दसैँ मान्न हिँडेका यात्रु, कामकाजका सिलसिलामा यात्रा गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन्।

यातायात व्यवसायी समितिका प्रतिनिधिले सडक अवस्था सामान्य हुनासाथ पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । हाल वर्षाका कारण जिल्लाभित्रका कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएपछि स्थानीय बासिन्दा थप समस्यामा परेको जनाइएको छ ।

वर्षातले धानबालीमा क्षति
यसैबीच वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोज महिनासम्म धान बाली परिपक्व अवस्थामा पुगेको हुन्छ। तर यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ ।

जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सवै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।

वर्षातसँगै आएको हावाले धानबालीमा क्षति पुर्याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रुपनारायण फुयालले बताए । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा वर्षातले क्षति पुर्याएको उनको भनाइ छ । “भारी वर्षातका कारण धानबालीमा क्षति पुगेको छ” उनले भने,“पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?