
झापा- मोटरसाइकल दुर्घटनामा जिल्ला प्रहरी कार्यालय झापाका सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्युु भएको छ ।
मोरङ केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई हिजो साँझ ६.३० बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा मे १ च १९७८ न. को एम्बुलेन्सले ठक्कर दिएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ न. को एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोहि अस्पतालमा रहेको छ । ठक्कर दिने एम्बुलेन्स चालक दमक ९ बस्ने बर्ष ४१ का बिष्णु प्रसाई, एम्बुलेन्स र मोटरसाइकल प्रहरी चौकी डाँगीहाटको नियन्त्रणमा रहेको छ ।