सगरमाथाको तिब्बती भागमा हिमआँधी, फसे सयौँ पदयात्री

सगरमाथाको तिब्बती भागमा हिमआँधी, फसे सयौँ पदयात्री
+
-
देशसञ्चार AI सारांश
  • सगरमाथा तिब्बती भागमा हिमआँधीले २०० भन्दा बढी पदयात्री फस्दा ३५० जनालाई उद्धार गरिसकिएको छ।
  • भीषण हिमपातले हाइपोथर्मियाको जोखिम बढाएको र यात्रुहरुलाई समयमै सुरक्षित स्थानमा पुर्याउन प्रयास भइरहेको छ।
  • आठ दिन लामो छुट्टिमा हिउँको कारण पर्यटकहरू फसेका, उद्धार भएकोले एक पदयात्रीले जीवनको भाग्य बताइन्।

सगरमाथा (माउन्ट एभरेस्ट) को तिब्बती भागमा आएको भीषण हिमआँधीका कारण सयौँ पदयात्रीहरू फसेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार उद्धारकर्ताहरूले करिब ३५० जनालाई सुरक्षित स्थानमा पुर्याइसकेका छन् भने अझै २०० भन्दा बढी पदयात्री फसेका छन्।

अधिकारीहरूले बाँकी पदयात्रीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन्। उद्धार भएका एक पदयात्रीले आफू जीवन र मृत्युको सङ्घर्षबाट जोगिएको अनुभव सुनाउँदै भने, “म यस्तो अवस्थाबाट बाँचेर निस्कन पाउँदा साँच्चिकै भाग्यशाली महसुस गरिरहेको छु।”

चीनमा आठ दिन लामो राष्ट्रिय बिदाको अवसर पारेर सगरमाथाको पूर्वी भागतर्फ पर्ने तिब्बती उपत्यकामा यात्रुहरूको भीड बढेको थियो। यत्तिकैमा शुक्रबार साँझदेखि परेको भीषण हिमपात र हुरीका कारण सयौँ पर्यटक फसेका हुन्। एक शिविरमा रहेका यात्रुले भने, “हरेक १० मिनेटमा टेन्टको अगाडि जमेको हिउँ हटाउनुपर्थ्यो।” एक गाइडले असामान्य रूपमा यसपटक हिमपात अत्यधिक भएको बताए।

यो घटनाअघि केही दिन अघि नेपालमा समेत अप्रत्याशित मौसम परिवर्तनले मुसलधारे वर्षा गराउँदा ४० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार आइतबारसम्म ३५० भन्दा बढी पदयात्रीहरू क्वुडाङ नामक सानो गाउँमा पु¥याइएका छन्। बाँकी २०० भन्दा बढी पदयात्रीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ।

१८ सदस्यीय टोलीकी पदयात्री चेन गेश्वाङले भनिन्, “पहाडमा अत्यधिक चिसो र हिमपातका कारण सबै हाइपोथर्मियाको वास्तविक जोखिममा थियौँ। तर हामी हाम्रो टोलीसहित सुरक्षित स्थान अर्थात क्वुडाङ पुग्न सफल भयौं।”

करिब ४,२०० मिटर (१३,८०० फिट) उचाइमा रहेको उपत्यकामा शुक्रबार साँझदेखि लगातार हिमपात भएको र शनिबारभरि जारी रहेको रिपोर्ट गरिएको छ। सीसीटीभीका अनुसार बाँकी पदयात्रीहरूलाई स्थानीय सरकारको समन्वयमा उद्धार टोलीले क्रमिक रूपमा सुरक्षित स्थानतर्फ लैजाने प्रयास भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?