
झापाको कमल गाउँपालिकामा बनाउने भनिएको आदिवासी रंगशालाको कुनै काम अघि बढेको छैन ।
२०६६ सालमा इलाका प्रशासन कार्यालय दमकका प्रमुख, तोपगाछी, लखनपुर क्षेत्रका स्थानीय तहका सचिवहरु, राजनीतिक दलका प्रतिनिधि र आदिवासी प्रतिनिधिहरुबिच झापाको कमल गाउँपालिका–५ गेउरियामा आदिवासी रंगशाला बनाउने सहमति भएको थियो ।
२०७२ सालमा केपी ओली प्रधानमन्त्री भएपछि आदिवासी रंगशालाबाट नाम परिवर्तन गरी मदन भण्डारी रंगशाला नाम राखियो ।
नाम परिवर्तन गरेपछि यसको चौतर्फी बिरोध भएपछि रंगशालाको ठाउँ कमल गाउँपालिका–५ गेउरियाबाट सारेर ओलीको गृहनगर दमक नगरपालिका-३ दुम्सेमा ल्याइएको थियो ।
२०७७ साल माघ १९ र २६ गते बसेको मन्त्रीपरिषद् बैठकले मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन दिइने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको थियो ।
अहिलेसम्म केही ठाउँमा घेराबारा गर्नेबाहेक खासै प्रगति भएको छैन ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी