
देश सञ्चार
असोज २०, २०८२

अ
+
अ
अ
-
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न दबाब दिँदै आफूलाई जेनजी अभियन्ता भन्ने सुदन गुरुङ प्रहरीकहाँ पुगेका छन्। यद्यपि प्रहरीले उनको निवेदन दर्ता गरेन।
गुरुङ ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरी परिसर पुगेका थिए। सुदनसहितको समूहले ओली र लेखकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ गर्न माग गरेका थिए।
प्रहरीले भने सरकारले भदौ २३ र २४ को आन्दोलन र हिंसा तथा तोडफोडको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिसकेकाले ओली र लेखकबिरुद्धको निवेदन दर्ता गर्न नमानेको हो। प्रहरीले दर्ता गर्न नमानेपछि गुरुङको समूह सडकबाटै देखाइदिने चेतावनी दिँदै बाहिरिएका थिए।
गुरुङको चेतावनीपछि काठमाडौं उपत्यका प्रहरी परिसरले प्रहरीलाई हाई अलर्टमा राखेको छ।

