भारतीय प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार भएपछि प्रधानमन्त्री मोदीले गरे निन्दा

भारतीय प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार भएपछि प्रधानमन्त्री मोदीले गरे निन्दा
+
-

भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि भएको आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन्।

सोमबार दिउँसोको उक्त घटनापछि आफूले प्रधानन्यायाधीश गवईसँग कुरा गरेको र उक्त आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित रहेको मोदीले बताएका छन्।

उनले इन्स्टाग्राममा लेखेका छन्- ‘मैले भारतका प्रधानन्यायाधीश बीआर गवईजीसँग कुरा गरेँ। सर्वोच्च अदालत परिसरमा उहाँमाथि भएको आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित छन्। हाम्रो समाजमा यस्ता निन्दनीय कार्यहरूको लागि कुनै ठाउँ छैन। यो पूर्णतया निन्दनीय छ।’
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार दिउँसो इजलास चलिरहेकै बेला कानुन व्यवसायी राकेश किशोरले आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीश गवईमाथि प्रहार गरेका थिए। घटनालगत्तै प्रहरीले ती कानुन व्यवसायीलाई इजलासबाहिर निकालेको थियो भने उनलाई बार काउन्सिल अफ इण्डियाले निलम्बन गरिसकेको छ।
घटनापछि प्रधानन्यायाधीश गवई शान्त देखिएका थिए। उनले भनेका थिए, ‘यी सबैबाट विचलित नहुनुहोस्। हामी  विचलित छैनौं। यी कुराहरूले मलाई असर गर्दैन।’
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?