सुनसरीमा वर्षासँगै हावाहुरीले केराखेतीमा क्षति

सुनसरीमा वर्षासँगै हावाहुरीले केराखेतीमा क्षति
+
-
देशसञ्चार AI सारांश
  • हावाहुण्डरीका कारण सुनसरीका इनरुवा, भोक्राहा र हरिनगरका केराखेतीमा ठूलो आर्थिक क्षति पुगेको छ।
  • भोक्राहा नरसिंहका एयुब साहमियाँले भाडामा लिएको सात बिघा जमिनमध्ये तीन बिघा एक कठ्ठा केराखेती नष्ट भएको छ।
  • कृषिविज्ञ नीलकमल सिंहले जिल्लाको ५३० हेक्टर केराखेतीमा बाढीको कारण क्षतिको विवरण सङ्कलन भइरहेको बताए।

सुनसरी– गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण सुनसरीका विभिन्न स्थानका केराखेतीमा क्षति पुगेको छ ।

सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति पुगेको हो ।

आठवर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ रु छ लाख बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए । उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ ।

करिब रु १३ लाखभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए । वर्षेनी बाढीले केराखेतीमा रु १० लाखदेखि रु २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ ।

त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा रु एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठूलो क्षतिको सामना गर्दै आएका छन् ।

जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?