भौतिकशास्त्रको नोबेल तीन अमेरिकी वैज्ञानिकहरूलाई

भौतिकशास्त्रको नोबेल तीन अमेरिकी वैज्ञानिकहरूलाई
+
-
देशसञ्चार AI सारांश
  • यस वर्षको भौतिकशास्त्र नोबेल पुरस्कार अमेरिकन वैज्ञानिकहरू जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिसलाई प्रदान गरियो।
  • नोबेल पुरस्कार स्विडिस क्रोनर, स्वर्णपदक र प्रमाणपत्रका साथमा १० डिसेम्बरमा स्टकहोममा दिने कार्यक्रम छ।
  • यो उपलब्धिले क्वान्टम कम्प्युटिङ र नयाँ प्रविधिहरूलाई विकास गर्न मद्दत पुर्‍याउने अपेक्षा छ।

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकहरूले पाएका छन्।

अमेरिकी वैज्ञानिकहरू जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिसलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कार कमिटीद्वारा मंगलबार अपरान्ह जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नोबेल विजेताहरूले ११ मिलियन स्विडिस क्रोनर, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन्।

स्विडिस रोयल एकेडेमी अफ साइन्सेसका अनुसार यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार ‘एक विद्युतीय सर्किटमा देखिएको म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोजका लागि’ प्रदान गरिएको हो।

पुरस्कार पाउने वैज्ञानिकहरू युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत छन्।

हाम्रो दैनिक जीवनमा जब कुनै बल पर्खालमा ठोक्किन्छ, त्यो फर्केर आउँछ। तर क्वान्टमको संसारमा स-साना कण कहिलेकाहीँ पर्खाल पार गरेर अर्कोतिर पुग्न सक्छन्। यसैलाई क्वान्टम टनलिङ भनिन्छ। अब वैज्ञानिकहरूले यही टनलिङ प्रभावलाई विद्युत् सर्किट जस्ता ठूला प्रणालीहरूमा देखेका छन्, जुन पहिले असम्भव ठानिन्थ्यो। साथै, उनीहरूले ऊर्जाका निश्चित तहहरू (क्वान्टिज्ड लेवल्स) पनि पहिचान गरेका छन्, जसले यो खोजलाई अझ विशेष बनाएको छ।

यो उपलब्धिले भविष्यमा क्वान्टम कम्प्युटिङ र नयाँ प्रविधिहरू विकास गर्न ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसले क्वान्टम भौतिकशास्त्रलाई दैनिक प्रयोगमा उतार्ने दिशामा एउटा ठूलो कदम चालिएको संकेत गर्छ।

पुरस्कार विजेताहरूलाई ११ मिलियन स्विडिश क्रोनर (करिब १७ करोड रुपैंया) , स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने छ। पुरस्कार वितरण कार्यक्रम १० डिसेम्बरमा स्टकहोममा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?