
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका आयुक्तहरूबीच छलफल भएको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा.जानकीदेवी तुलाधर र सगुन शमशेर जबराबीच छलफल भएको हो।
प्रधानमन्त्री कार्कीसँग आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका बारेमा छलफल भएको छ। निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटीका लगायतकाबारेमा छलफल भएको छ।
जेनजी आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता ढलेपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी थिइन्।