
सिन्धुपाल्चोकको चरिकोट- खाड़ीचौर सडक खण्डमा मंगलबार साँझ बस दुर्घटना भएको छ।
सिन्धुपाल्चोक प्रहरीले चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटनामा परेको हो। घटनालगत्तै उद्धारमा पुगेको प्रहरीटोलीले चालकसहित २१ जना घाइतेलाई उपचारका लागि खाडीचौरस्थित अस्पताल पठाएको थियो।