प्रधानमन्त्री कार्की र आयोगको छलफलपछि निर्वाचन समयमै हुनेमा थप सुनिश्चितताः निर्वाचन आयोग

प्रधानमन्त्री कार्की र आयोगको छलफलपछि निर्वाचन समयमै हुनेमा थप सुनिश्चितताः निर्वाचन आयोग
+
-

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन गराउने कुरामा थप आधार तयार भएको जनाएको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका आयुक्तहरूबीच छलफल भएको थियो।

छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आवश्यक जनशक्ति, स्रोत, र साधनको प्रक्षेपण गरी सरकारसँग सहयोग मागिएको जानकारी दिए। उनका अनुसार, सरकारले आयोगलाई आवश्यक सबै स्रोत-साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रवक्ता भट्टराईले आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप वातावरण सिर्जना गरेको उल्लेख गरे।

छलफलका मुख्य समझदारीहरू:

  • निर्वाचनका लागि आवश्यक जनशक्ति तथा स्रोत-साधन सरकारले आयोगलाई उपलब्ध गराउने।
  • आगामी दिनमा सरोकारवालाहरूसँगको छलफल, समन्वय र सहकार्यलाई थप सघन बनाउने।
  • हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने।

उनले सरकार र निर्वाचन आयोगको तर्फबाट अब राजनीतिक दलहरूसँग पनि छलफल अघि बढाइने जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?