चितवनमा अझै फर्किएनन् १५६ कैदीबन्दी

चितवनमा अझै फर्किएनन् १५६ कैदीबन्दी
+
-
देशसञ्चार AI सारांश
  • चितवन जिल्ला कारागारबाट ७४२ कैदीबन्दी भागेका मध्ये हालसम्म १५६ जना अझै फर्किएका छैनन्।
  • निर्धारित समयभित्र ५७८ जना कैदीबन्दी फर्किए भने परिवारसँग सम्पर्क भए पनि ६० जना अझै आउन सकेका छैनन्।
  • फरार कैदीबन्दीलाई आश्रय दिने व्यक्तिलाई पनि कसूरदार ठानी कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

चितवन- जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन् । जसमध्ये ५३९ जना पुरुष र ३७ जना महिला रहेका छन् । उनीहरूसँग दुई जना नाबालक पनि फर्किएका छन् । भागेका कैदीबन्दीमध्ये ६० जनाको परिवारसँग सम्पर्क हुन सकेको र अरुको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उनले बताए।

‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट ७४२ जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पटक–पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । यहाँबाट भागेका आठ जना कैदीबन्दीमध्ये चारजना भैरहवा कारागार, धादिङ, सुर्खेत, बागलुङ् र नुवाकोट कारागारमा एक/एकजना पुगेका छन् ।

यस्तै, कारागार कार्यालय चितवनमा पनि विभिन्न जिल्लाबाट भागेका २१ जना कैदीबन्दी आएका कार्यालय प्रमुख ढुङ्गानाले बताए। कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए।

यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसूरदार ठानी कारबाही गरिने जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?