पद्यश्री गौरब पुरस्कारबाट पुरस्कृत सुवेदी भन्छन्, ‘म राजनीतिलाई सांस्कृतिक अध्ययनको विषय ठान्छु’

पद्यश्री गौरब पुरस्कारबाट पुरस्कृत सुवेदी भन्छन्, ‘म राजनीतिलाई सांस्कृतिक अध्ययनको विषय ठान्छु’
+
-
देशसञ्चार AI सारांश
  • पद्यश्री गौरब पुरस्कार प्राध्यापक डा. अभि सवेदीलाई, रमेश भुसाललाई पद्यश्री पुरस्कार, र रमा शर्मालाई पद्यश्री साधना सम्मान प्रदान गरियो।
  • सवेदीले ४० वर्ष त्रिविविमा प्राध्यापन गरेका छन् र करिब तीन दर्जन कृति प्रकाशित छन्।
  • भुसालले “छालबाटो” यात्रा निबन्ध लेखेका छन्, जुन नदी सभ्यता र पर्यावरणमा असरबारे आधारित छ।

काठमाडौं- पद्यश्री गौरब पुरस्कार प्रध्यापक डाक्टर अभि सवेदीलाई प्रदान गरिएको छ । यसैगरी पद्यश्री पुरस्कार लेखक पत्रकार रमेश भुसाललाई र पद्यश्री साधाना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रदान गरिएको हो । लेखक भुसाललाई ‘छालबाटो’ यात्रा निबन्ध प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले नेपाली र अंग्रेजी भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद् नाटककार, अनुवादक तथा कवि अभि सुवेदीलाई प्रदान गरेकोमा खुसी भएको बताए । सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उनी साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय छन् । करिब ४० वर्ष त्रिविविमा प्राध्यापन गरेका सुवेदीले युगकवि सिद्धिचरण पुरस्कार, सार्क साहित्य पुरस्कारसहित अनेकौं सम्मान प्राप्त गरेका छन् ।”

साहित्य लेखनलाई एक बहुपक्षीय साधना मान्ने सुवेदीले कार्यक्रममा आफ्नो शिक्षण पेशा र लेखन अनुभव साटेका थिए । ‘मलाई साहित्य र कलाका मीमांसा मन गर्छन् । चित्रकलामा पनि त्यस्तै रुचि छ। र म राजनीतिलाई सांस्कृतिक अध्ययनको विषय ठान्छु । मलाई आफ्ना विचार र अभिव्यञ्जना राख्न दिनुभएकोमा धन्यवाद,’ सुवेदीले भने ।

प्रत्येक वर्ष नेपाली साहित्य संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्यश्री साधना सम्मान रमा शर्मार्लाइ प्रदान गर्न पाएको खुसी अध्यक्ष लामिछानेले बताए ।

आफ्‌नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

लेखक भुसालले कार्यक्रममा आफ्ना पारिवारक दुःख लेखन यात्रा र नदी सभ्यता र पर्यावरणमा परेको असरबारे बोलेका थिए । आफू नजन्मिदै बुवा नदीमा हाम फालेर गएपछि कहिल्यै नफर्किएको स्मरण गर्दै उनले भने, ‘मेरो जीवनमा नदी म नजन्मिदैदेखि जोडिएको छ । नदीले मलाई दुःख पनि दिएको छ र आनन्द पनि । छालबाटो केवल नदीको कथा होइन यो नदी किनारमा बाँच्ने पात्रहरुको कथा हो ।’

हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिन बिशेष समारोहका बीच भएको कार्यक्रममा कवि तुलसी दिवसले विद्वत बचन सुनाएको थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?