टी- २० विश्वकप छनोट आजबाट, पहिलो खेलमा नेपाल कुवेतसँग भिड्दै

टी- २० विश्वकप छनोट आजबाट, पहिलो खेलमा नेपाल कुवेतसँग भिड्दै
+
-
देशसञ्चार AI सारांश
  • नौ राष्ट्र सहभागी टी-२० विश्वकप छनोट प्रतियोगिता ओमानमा सुरु भई शीर्ष तीन टोलीले विश्वकप स्थान पाउनेछन्।
  • नेपाल समूह ‘बी’ मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दै सुपर सिक्स र अन्ततः शीर्ष चारमा पुग्नेछ।
  • नेपालका कप्तानले कुवेतको पछिल्लो प्रदर्शनको प्रशंसा गर्दै प्रतियोगिता जित्न बलियो दावेदारी प्रस्तुत गरेका छन्।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता बुधबारबाट ओमानमा सुरु हुँदैछ। नौ राष्ट्र सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोलीले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ उसँगै कुवेत र जापान छन्। समूह ‘ए’ मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सपछि हुने प्रतिस्पर्धाबाट शीर्ष चार टोली छनोट हुने र अन्ततः शीर्ष तीन टोलीले विश्वकपमा प्रवेश पाउने व्यवस्था गरिएको छ।

यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै क्याटेगरीमा राखिएको छ। त्यसैले जापान, सामोआ र पपुवा न्युगिनीले एसिया क्षेत्रका टोलीहरूसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो दिन नेपाल र कुवेतसँगै ओमान–सामोआ र कतार–यूएईबीच पनि खेल हुनेछ।

नेपाललाई यस प्रतियोगिताको उपाधि दाबेदार मानिएको छ। यद्यपि कुवेतले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ। गत अप्रिलमा हङकङमा भएको चार राष्ट्रीय प्रतियोगिताको फाइनलमा नेपालसँग मात्र ३ रनले पराजित भएको थियो। तर, सोही प्रतियोगिताको लिग चरणमा नेपालले कुवेतलाई ६ विकेटले सहज पराजित गरेको थियो।

नेपाल र कुवेतबीच हालसम्म तीन वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। नेपालले दुई खेल जित्दा, एक खेलमा हार भोगेको छ। सन् २०१९ मा नेपालले कुवेतलाई ७ विकेटले हराएको थियो भने गत अप्रिलमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो।

खेलअघि नेपालका कप्तान रोहित पौडेलले कुवेतले पछिल्लो समय राम्रो क्रिकेट खेलेको स्वीकार्दै नेपालले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सके प्रतियोगितामा बलियो दावेदार बन्ने बताएका छन्। यता कुवेतका प्रमुख ब्याटर मित भावसारले नेपाल बलियो र अनुभवी खेलाडीहरूसहितको टोली भए पनि आफूहरूले हरेक बलमा प्रतिस्पर्धा गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?