
अ
+
अ
अ
-
मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा भएको प्यारामोटर आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।
सञ्चारमाध्यमहरूका अनुसार सोमबार साँझ चाउङ-यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा ठूलो संख्यामा मानिस सहभागी भएका थिए।
आक्रमण हुने सुइँको पाएपछि केही भागे पनि धेरैले यसबारे थाहा नपाएको बिबिसीले लेखेको छ।
यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो।
यस उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको थियो।
सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ।
संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा पाँच हजारभन्दा बढी नागरिक मारिएका छन्।