
काठमाडौँ- नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौति दिएका छन्।
एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो चुनौती दिएका हुन्।
बस्नेतले अब एमालेले डिजिटल फोर्स गठन गरी जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याबारे खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने पनि जानकारी गराए।
उनले भने, “मलाई समातेर देखाउनुस्। विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान तयार हुन्छन्। तर कसैले लगाएको आरोप सह्य हुँदैन। जेनजी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्।”
बस्नेतले सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमाथि समेत आशंका उत्पन्न भएको दाबी गरे।