जेन-जीसँग भिड्ने मुडमा एमाले

जेन-जीसँग भिड्ने मुडमा एमाले
+
-
देशसञ्चार AI सारांश
  • एमालेले जेन-जीको विरोधको सामना गर्न डिजिटल फोर्स गठन गर्ने घोषणा गरेको छ, जसको नेतृत्व महेश बस्नेतले गरेका छन्।

  • बस्नेतले जेन-जी आन्दोलनलाई आतंकवादी गतिविधिको संज्ञा दिएका छन्, जसका अनुसार अन्तर्राष्ट्रिय शक्तिहरू पनि संलग्न थिए।

  • बस्नेतले जेन-जी आन्दोलनपछि ५०० भन्दा बढी चौकी र सरकारी कार्यालय जलाइएका आतंकवादी गतिविधिहरूको आरोप पनि लगाएका छन्।

काठमाडौँ– नेकपा एमाले जेन-जीसँग भिड्ने मुडमा देखिएको छ।

जेन-जीका केही प्रतिनिधिले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्ने माग गरिरहेको सन्दर्भमा एमाले जेन-जीसँगै भिड्ने मुडमा देखिएको हो।

यसको सन्देश एमाले नेता महेश बस्नेतले पार्टी कार्यालय च्यासलबाट बुधबार प्रष्टरुपमा दिएका छन्। उनले जेन-जी बदनाम भइसकेको भन्दै एमालेले डिजिटल फोर्ससमेत गठन गर्ने उद्घोष गरे।

‘जेन-जी बदनाम भइसक्यो। अब एमालेले वडा, पालिकासम्म डिजिटल जेनेरेसन फोर्स गठन गर्छ’, बस्नेतले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा भने।

खासमा बस्नेत आफै प्रहरीको अनुसन्धानमा रहेका व्यक्ति हुन्। बुधबार मात्रै पनि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)मा एक साइबर अपराधसम्बन्धीको कसुरमा उनले बयान दिएका छन्।

त्यहाँ बयान सकेपछि युवा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनी सहभागी भएर जेन-जी आन्दोलनको चिरफार गर्ने प्रयास गरे।

जेन-जी कसरी बद्नाम भयो? बस्नेतका आफ्नै तर्क छन्।

उनी यसलाई जेन-जी आन्दोलन मान्दैनन्। उनकै शब्दमा जेन-जी आन्दोलन आतंकवादी क्रियाकलाप थियो। जेन-जी नाम दिएर भाइबहिनीहरूलाई मानव बम फिट गरेर देशलाई ध्वस्त पार्ने खेल थियो।

जेन-जी आन्दोलन २३ भदौको दिउँसोको साढे १२ बजेअघि मात्र रहेको बस्नेतको मुल्याङ्कन छ। त्यसपछि अन्तर्राष्ट्रिय शक्तिले जेन-जीका नाममा अरबतिरका देशमा जस्ता आतंकवादी कृयाकलाप गरेको उनको ठहर छ।

तस्बिरहरू: बर्षा शाह

बस्नेत यसरी भन्छन्– ‘जेन-जी आन्दोलनमा अन्तर्राष्ट्रिय शक्तिको घुसपैठ भयो। हामी देश तोकेर भन्न सक्दैनौँ यहाँ कुन देशले घुसपैठ गर्‍यो भनेर। यहाँ हाम्रा भाइबहिनीहरूलाई मानब बम फिट गरिदिएर, जेन-जी भन्ने उपमा दिएर, जेन-जी पुस्ताकै बदनाम गराएर चार घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम गरियो।’

साढे १२ बजेपछि जे भयो त्यसले जेन-जी नाम बदनाम गराएको र त्यसपछिको शक्तिले जेन-जीको माग पनि पूरा नहुने बस्नेतको ठहर छ।

‘२३ गते साढे १२ बजेपछि घुसपैठ भयो भनेर साथीहरू फर्किनुभयो। त्यसपछि आतंकवादी गतिविधि भए। ५०० बढी चौकी जलाइए। संसद् भवन, सिंहदरबार, अदालतलगायत सयौँ सरकारी कार्यालय जलाइए’, उनले भने, ‘यो कुनै अरबतिरका आतंकावादीभन्दा कम खालका दृष्य थिएनन्।’

बस्नेतले जेन-जी आन्दोलनमा बनेको सरकारले स्टन्टबाज गरेको आरोप लगाए। मन्त्रीले मन्त्री क्वाटरमा नबस्ने, कुनै सरकारी सेवासुविधा नलिनेलगायतका कुरा गरेर स्टन्ट गरेको उनको आरोप छ।

अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङको सम्पत्ति छानबिन किन नगर्ने भन्नै बस्नेतले प्रश्न पनि गरे। गृहमन्त्री ओमप्रकाश अर्यालले त केटाकेटी आए गुलेली खेलाएजसरी काम गरेको उनी बताउँछन्।

१२ सयभन्दा बढी हतियार र २० हजारभन्दा बढी गोली लुटिएको विषय उठाउँदै ती हतियार खोज्नतिर नलागेर गृहमन्त्री अर्याल सुधन गुरुङले जे-जे भन्यो त्यतैतिर लागिरहेको उनको टिप्पणी छ।

देशमा कानुनी सर्वोच्चता हराएको भन्दै बस्नेतले त्यसको संरक्षण गर्न जे पनि गर्न तयार रहेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?