आइसिसी टी-२० विश्वकप छनोट: हङकङको विजयी सुरुवात

आइसिसी टी-२० विश्वकप छनोट: हङकङको विजयी सुरुवात
+
-
देशसञ्चार AI सारांश
  • आयोजक हङकङको टी-२० विश्वकप छनोटमा पहिलो खेलमा ओमानले सामोआलाई ५ विकेटले पराजित गर्यो।
  • ओमानले सामोआको ९३ रनको लक्ष्य १७ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो।
  • छनोट प्रतिष्पर्धाबाट तीन टोली भारत र श्रीलंकामा हुने २०२६ विश्वकपमा प्रवेश गर्ने मौका पाउनेछन्।

आयोजक हङकङले आजबाट सुरु भएको टी-२० विश्वकप छनोट अन्तर्गत एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। समूह-३ को पहिलो खेलमा घरेलु टोली ओमानले सामोआविरूद्ध ५ विकेटको जित निकालेको हो।

ओमान क्रिकेट एकेडेमीमा सामोआले दिएको ९३ रनको सामान्य लक्ष्य घरेलु टोलीले ५ विकेटको क्षतिमा १७ ओभरमै पुरा गरेको थियो। ओमानका लागि हमद मिर्जाले १८ रन, आर्यन विष्टले १० तथा आसिस ओडेडराले १३ रन बनाए। यस्तै मोहमद नदीमले नटआउट २१ रन बनाए।

त्यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जहाँ उसले सामोआलाइ निर्धारित २० ओभरमा ९ विकेटको अवस्थामा ९२ रनमा समेट्यो। उसका लागि रस टेलर र सुलुओटोले २२-२२ रन जोडे। बलिङमा ओमानका शाह फैसल, शकील अहमेद र आमिर कलीमले २-२ विकेट लिए।

रस टेलर न्युजिल्यान्डक पूर्व कप्तान हुन्। ४१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका टेलरले आफ्नी आमाको देशबाट खेल्न पाउने नियमअनुसार सामोआबाट खेलेका हुन्। यद्यपी उनले पहिलो खेलमा औषत मात्र प्रदर्शन सफल भए।

छनोटमा आज नेपालले पनि आफ्नो पहिलो खेलमा राति ८:४५ बजे कुवेतको सामना गर्दै छ। यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान बनाउने छन्। नेपाल समूह २ मा रहेको छ।

नेपालको समूहमा कुवेत र जापान रहेका छन्। समूहबाट शीर्ष २ टोली सुपर सिक्समा पुग्दा त्यहाँको प्रतिस्पर्धामा शीर्ष तीनमा रहने टिम विश्वकपमा छनोट हुनेछ।

यस्तो छ समूह

समूह १: युएई, मलेसिया, कतार
समूह २: नेपाल, कुवेत, जापान
समूह ३: ओमान, पिएनजी, सामोआ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?