
काठमाडौँ – हाँडीगाउँमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवीकालदेखि मनाउँदै आइएको छ।
स्थानीय भाषामा यसलाई “गन न मरू जात्रा” वा “कहीँ नभएको जात्रा हाडीगाउँमा” भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए।
जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीँ नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीनतले छाना हुनु हो।
रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो। यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी