७८ लाख घुस लिएको आरोपमा ओली सरकारका दुई मन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

७८ लाख घुस लिएको आरोपमा ओली सरकारका दुई मन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
+
-
देशसञ्चार AI सारांश
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तासहित ७ जनाविरुद्ध ७८ लाख भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • मन्त्री गुप्ताले ५३ लाख घुस लिएको अडियो सार्वजनिक भएपछि आयोगले छानबिन थालेर मुद्दा दायर गर्यो।
  • लिचीबारी जग्गा विवादमा बिचौलियाहरुले ४० प्रतिशत जग्गा लिने योजना बनाएको प्रमाण भेटिएको छ।

काठमाडौँ – अख्तियार दुरुयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लेनदेन भएको विषयमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले बुधबार विशेष अदालत काठमाडौँमा गुप्तासहति तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, कास्की मालपोत अधिकृत प्रतिवादी रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायीका परिचय बनाएका बिचौलिया सुजन कुमार तामाङविरुद्ध मुद्दा दायर गरेको हो। त्यस्तै आयोगले याम कुमारी गुरुङ र तुल्सीराम बुढा मगरविरुद्ध ७८ लाख घुस लेनदेनमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको हो।

पोखरा महानगरपालिका वडा १६ (साविक बाटुलेचौर १) मा रहेको दिप विर्ता (लिची बगैचा) नामसारीका क्रममा घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो।

अदालतको फैसला बमोजिम दुर्गादेवी शाहको हकवालाहरु सुरज शाह ठकुरीसहितका हकदारहरुका नाममा नामसारी गर्न निवेदन परेपछि बिचौलियाको चञ्गुलमा परेर घुस लेनदेन भएको थियो।

मन्त्री गुप्ताले सुरुमा ५३ लाख घुस लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि आयोगले छानबिन थालेको थियो। अख्तियारले सातै जनालाई ७८ लाखका दरले बिगो कायम गरेको छ।

मालपोत अधिकृत अधिकारी भूमी व्यवस्था मन्त्रलायले सरुवा गरेर लम्जुङ पुर्याए पनि लिचि बारीको काम गर्न उनको सरुवा रोक्न मन्त्री गुप्ताले ५३ लाख घुस बुझेका थिए। भूमी मन्त्रालयले चिरञ्जीवी पौडेल कास्कीको मालपोत अधिकृत बनाउने निर्णय ५३ लाख घुस पछि उल्टिएको थियो।

बिर्ता जग्गा दर्ता भएपछि दुर्गादेवी शाहको हकवालाहरुको नाममा दर्ता हुन आएको एकमुष्ठ जग्गा मध्ये ४० प्रतिशत जग्गा लिने गरी बिचौलियाहरुले २०८१ जेठ २० लिखित नै गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?