केरमेट भएको भनेपछि अनेरास्ववियुले बालेन र सुदनबिरुद्ध फेरि दियो जाहेरी, प्रहरीले आयोगमा पठाउने

केरमेट भएको भनेपछि अनेरास्ववियुले बालेन र सुदनबिरुद्ध फेरि दियो जाहेरी, प्रहरीले आयोगमा पठाउने
+
-

काठमाडौँ- एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुदन गुरुङबिरुद्ध दिएको जाहेरी काठमाडौँ प्रहरी परिसरले बुधबार दर्ता गरेको छ। परिसरले उक्त जाहेरी पनि जाँचबुझ आयोगमा पठाउने जानकारी गराएको छ।

मंगलबार अनेरास्ववियुले काठमाडौँ प्रहरी परिसरमा बुझाएको जाहेरीमा केरमेट भएकाले परिसरले बुधबार उनीहरूलाई बोलाएको थियो।

प्रहरीले मंगलबार जाहेरी दर्ता गर्ने वा नगर्ने जवाफ दिनका लागि २४ घण्टाको समय मागेको थियो।

अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार उनीहरूले पुन: अर्को जाहेरी परिसरमा बुझाएपछि परिसरका एसपी तथा प्रवक्ता पवन भट्टराईले उक्त जाहेरी पनि जेनजी आन्दोलनमा भएको दमन र तोडफोडको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा पठाउने जानकारी गराएका थिए।

धामीका अनुसार अनेरास्ववियुले बालेन र सुदनबिरुद्ध देशका ७७ वटै जिल्लास्थित प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउने तयारी गरेका छन्। सोहीअनुसार बुधबार धादिङलगायत केही जिल्लामा अनेरास्ववियुले जाहेरी दर्ता गराएको जानकारी धामीले गराए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?