
काठमाडौँ- शाओमी नेपालले “शाओमी महा फेस्टिवल” अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ। यस अवसरले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्टफोनमा अपग्रेड गर्न थप आकर्षक मौका प्रदान गरेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार, “रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकहरूको मनमा विशेष स्थान बनाएको छ।
नयाँ मूल्यले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ। अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन्।”
रेड्मी नोट १४ सिरिजको संशोधित मूल्य २०७८ असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको छ र नेपालभरका सबै शाओमी अधिकृत बिक्रेता तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध छ।