
काठमाडौँ- एनआईसी एशिया बैंक र वीरगञ्जस्थित किरण आँखा अस्पतालबीचको सम्झौता अनुसार बैंकका ग्राहकहरूले आँखा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले किरण आँखा अस्पतालमा डिजिटल भुक्तानीमार्फत उपचार गर्दा यस छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
सुविधा प्रयोग गर्न ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैंकले जनाएको छ कि यस सहकार्यले ग्राहकहरूलाई आँखाको उपचारमा सहयोग पुर्याउने मात्र नभई, मुलुकमा डिजिटल भुक्तानी सेवाको प्रवद्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्नेछ।